पु.समाचार

अध्यक्ष बस्नेतको आग्रहमा दुबै मृगौला फेल भएका देवकोटाको उपचारमा अमेरिकामा उठ्यो २ लाख २३ हजार

८ असोज, काठमाडौं । नेपाली काँग्रेसको भातृसंस्था नेपाल तरुणले सुनसरी जिल्ला तरुण दलका पुर्व अध्यक्ष दुर्गा देवकोटाको सहयोगमा दुई लाख २३ हजार ४० रुपैयाँ सहयोग संकलन गरेको छ । तरुण दल केन्द्रीय समितिका अध्यक्ष जितजंग बस्नेतको अनुरोधमा संकलन गरिएको रकम मृगौला रोगबाट पिडित नेपाल तरुण दल सुनसरीका पुर्व अध्यक्ष दुर्गा देवकोटाको उपचारार्थ नेपाली काँग्रेसका युवा नेता काठमाण्डौँ क्षेत्र नं ३ का महासमिति सदस्य हरिबोल भण्डारी तथा नेपाल तरुण दलका नेता एवं गैरआवासीय नेपाली संघका केन्द्रिय सदस्य शंकर खड्काको पहल र नेपाली काँग्रेस तरुण विभागका सदस्य विकास उप्रेतीको सक्रियतामा संकलन गरिएको केन्द्रीय अध्यक्ष बस्नेतले बताएका छन् ।
अध्यक्ष बस्नेतले भनेका छन्, ‘अमेरिकाबाट दुई लाख २३ हजार ४० रुपैयाँ सहयोग संकलन गरीएको र प्रवासमा बसेर पनि संगठनका एक योद्धा प्रतिे यो अपार माया र सदभाव देखाउनु भएकोमा तपाईहरु सम्पूर्ण सहयोगी मनहरु प्रति नेपाल तरुण दल केन्द्रिय समिति मुक्तकंण्ठले प्रशंसा गर्दै हार्दिक आभार व्यक्त गर्दछ ।’ अध्यक्ष बस्नेतले पुर्व अध्यक्ष दुर्गा देवकोटाको उपचारमा कुनै कमि हुन नआउने भन्दै सिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।
अध्यक्ष बस्नेतले देशभरका लोकतन्त्रमा बिशवास गर्ने तरुण हरुसँग सधैं संगै बसेर तरुण दल केन्द्रीय समिति दुःख सुखमा साथ दिने बताउँदै एक तरुणलाई परेको समस्यामा अर्को तरुणले सकृयता देखाई सहयोग गर्ने चलनको बिकास हुनुपर्ने बताएका छन् ।
अध्यक्ष बस्नेतले र्पु अध्यक्ष देवकोटाको सहयोगमा सहयोगी मनहरुको नामावली सार्बजनिक गरेका छन् । अमेरिकामा सहयोग गर्नेहरु हरिबोल भण्डारी, शंकर खड्का, विकास उप्रेती, गौरीराज जोशी, सुनिल शाह, अन्नत सुबेदी, प्रमोद सिटौला, गुप्ता जोशी, अमृत सापकोटा, कृष्ण जीवी पन्त, उज्जवल खत्री, राजु बम्जन, अमृत कट्टेल, रघु सुवेदी, राजन त्रिपाठी, प्रविन घिमिरे रहेका छन् ।  
यसअघि नेपाली काँग्रेस जिल्ला कार्यसमितिले बिभिन्न जिल्लाका नेता कार्यकर्ताहरुसँग संकलन गरेर एक लाख १७ हजार संकलन भईसकेको छ । अन्य ब्यक्ती तथा संस्थाहरुले दुवै मृगौलाको हप्तामा तीन पटक डाईलोसिश गर्नुपरेका नेता देवकोटाको सहयोग संकलन भईरहेको छ ।सुनसरी तरुण दलका अध्यक्ष सिजन गुरुङ नेपाल बाहिर छन्, उनले पनि पुर्व अधयक्ष देवकोटाको सहयोगमा कुनै कसर बाँकी नराख्ने दृढता ब्यक्र गरेका छन् ।

Suryakhabar.comमा समाचार सम्प्रेसण भएपछि नेता देवकोटाको उपचारमा तरुण दल केन्द्र लगायतले चासो देखाएका छन् । कोरोना महामारीबाट सहजता भएपछि मृगौलाको ट्रान्सप्लान्टको लागि देवकोटालाई राजधानी काठमाडौं ल्याईने परिवारले बताएका छन् । मृगौलाको ट्रान्सप्लान्ट गरिसकेपछि सहयोग गर्नेहरु सबैको नाम र रकम सार्बजनिक गरिने परिवारजनले बताएका छन् ।

त्यसबेला प्रकाशित समाचार

तरुण दलका पुर्ब अध्यक्ष देवकोटा दुईवटै मृगौला फेल भएका कारण संकटमा, सहयोगका लागि अपील

नेविसंघ नेता घिमिरेद्वारा तरुण दलका पूर्ब अध्यक्ष देवकोटा/मानव सेवा आश्रमका लागि ५१/५१ हजार सहयोग