लुम्बिनी

नेविसंघ नेता घिमिरेद्वारा तरुण दलका पूर्ब अध्यक्ष देवकोटा/मानव सेवा आश्रमका लागि ५१/५१ हजार सहयोग

१२ भादौ, बुटबल । नेपाली काँग्रेसको भातृसंख्या नेपाल बिद्यार्थी संघका नेता निराजन घिमिरेले आफ्नो जन्मदिनको अवशरमा दुईवटै मृगौला फेल भई उपचार गराउन समस्या परेका सुनसरी जिल्ला नेपाली काँग्रेसका तरुण दलका पुर्ब अध्यक्ष दुर्गा देबकोटालाई ५१ हजार र मानव सेवा आश्रमाई ५१ हजार सहयोग गरेका छन् । नेता घिमिरेको सहयोग जम्मा एक लाख दुई हजार रहेको छ ।
उनले सुर्यखबरसँगको कुराकानीमा सबैले अरु दिन गर्न नसकिएपनि आफ्नो जन्मदिनको दिन समाजसेवा गर्ने मनशाय राख्न आह्वान गर्दै हरेका बर्ष आफूले बिभिन्न समाजीक सेवा गर्ने बताए । मानव सेवा आश्रमका तर्फबाट प्रतिनिधित्व गर्ने लाल प्रसाद पंगेनीलाई उक्त रकम हस्तान्तरण गरे भने पुर्ब अध्यक्ष देवकोटाका सयोगका लागि श्रीमती कविता देवकोटाको प्राईम बैंकमा रहेको बैंक खातामा जम्मा गरेका छन् । पीडित देबकोटाको सहयोगका लागि तरुण दल केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले सबैलाई खुल्ला हृदय बनाई सहयोग गरी उपचारमा सहजता दिलाउन अपील गरेका छन् ।

यो लिंक खोल्नुहोस्

तरुण दलका पुर्ब अध्यक्ष देवकोटा दुईवटै मृगौला फेल भएका कारण संकटमा, सहयोगका लागि अपील