राजनीति

काँग्रेसको चेतावनीः बर्दीको आडमा खुलेआमा गुण्डागर्दी गर्ने डीएसपी शाहीलाई तत्काल कारबाही गर्नुस्

काठमाण्डौ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालजंज कोहलपुरका डीएसपी हेमबहादुर शाहीलाई प्रहरीले अनुसंधानको दायरामा ल्याउनुपर्ने बताएका छन् । प्रवक्ता शर्माले तरुण दलका स्थानीय नगर सभापति संदीपजंग शाह लगायत ६ जनालाई हातहतियार तथा खरखजाना मुद्धामा फसाउने षढ्यन्त्रअनुरुप गाडीमा बन्दुक राखिएको भीडियो सार्बजनिक भएको भीडियो सार्बजनिक भएको अवगत गराउँदै तत्काल अनुसंधानको दायतामा ल्याउन प्रहरी मुख्यालयलाई सचेत गराएका छन् ।

पदको दुरुपयोग गर्दै खसी माग्ने र बन्दुक भीराएर फसाउने डीएसपी शाहीलाई सर्बस्वसहित जन्मकैदको माग

 

नेता शर्मँले ट्वीट गर्दै, ‘प्रहरीको मर्यादा हामी राख्छौं, निष्पक्ष छानबिनलाई सघाउछौं, तर खुलेआम गुण्डागर्दी गरेर बर्दीको हुर्मत लिने ती महोदयलाई सत्य सेवा सुरक्षणम् को तीन मन्त्र पुनः पढाइयोस्’ भनेका छन् । काँग्रेस प्रवक्ता शर्माले आफूह्रुले प्रहरीको सम्मान गर्ने भन्दै राजनीतिक रुपमा प्रहरी मुख्यालय, गृह मन्त्रालय र सरकारलाई चेतावनीपूर्ण ढंगले ध्यानाकर्षण गराएका छन् ।

उनी भन्छन्, ‘धम्कीको रेकर्ड सार्वजनिक छ, @NepalPoliceHQ ले कोहलपुर काण्डका नाइकेलाई तत्काल विभागीय अनुसन्धानको दायरामा ल्याओस् प्रहरीको मर्यादा हामी राख्छौं, निष्पक्ष छानबिनलाई सघाउछौं, तर खुलेआम गुण्डागर्दी गरेर बर्दीको हुर्मत लिने ती महोदयलाई सत्य सेवा सुरक्षणम् को तीन मन्त्र पुन पढाइयोस् !’