विशेष

पदको दुरुपयोग गर्दै खसी माग्ने र बन्दुक भीराएर फसाउने डीएसपी शाहीलाई सर्बस्वसहित जन्मकैदको माग

काठमाण्डौ । नेपालजंजका डीएसपी हेमबहादुर शाहीले स्थानीय तरुण दलका नेताहरुसँग खसी मागेको, बन्दुक राखेर पक्राउ गर्न फसाएको घटनामा अनुसंधान गर्न समिति बन्ने भएको छ । तरुण दलका नगर सभापति संदीपजंग शाह लगायत ६ जनालाई पक्राउ गरी हिराशतमा राखेका डीएसपी शाहीले नेता शाहको गाडीमा फसाउन पेस्तोल लोड गर्दैगरेको भीडियो सार्बजनिक भएपछि डीएसपी शाहीमाथी अनुसंधान गरी कारबाही गर्न समिति बन्न लागेको हो ।

प्रहरी प्रवक्ता विश्वराज पोख्रेलले उक्त घटनाका लागि अनुसंधान गर्न समिति बनाईने र दोषी देखीए जोसुकैलाई कारबाही हुने दाबी गरेका छन् । तरुण दलका अध्यक्ष जितजंग बस्नेतले बिहीबार राती पक्राउमा परेका नेता शाहसहितका तरुण नेतालाई गाडीमा बन्दुक राखेको अभियोग लगाउदै पक्राउ गरेपछि विज्ञप्ती निकाल्दै बन्दुकमा फंगर प्रिन्ट जाँच गर्न चुनौती दिएको केहीबेरमा नै गाडीमा पेश्तोल लोड गर्दै गरेको भीडियो सार्बजनिक भएको छ । उक्त भीडियोसँगै दशैंमा उनीहरुसँग खसी माग्दै गरेको मोवाईल अडियो पनि सार्बजनिक भएको छ ।

अध्यक्ष शाह लगायतलाई विनाशर्त रिहाई र भ्रष्ट सरकारका मतियार प्रहरीलाई कारबाही गर्न बस्नेतको माग

नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेताले नेपालगंज उपमहानगरपालीकाका अध्यक्ष सन्दीपजंग शाह लगायतका तरुण नेताहरुलाई राती अराजक शैलीमा प्रहरीले पक्राउ गरेको घटनाको निन्दा गर्दै घरायसी छलफलमा बसिरहेका बेला प्रहरीको अराजक भीड आएको र प्रहरीले ल्याएको हतियार नेता शाहको गाडीबाट बरामद गरेको आरोप लगाएको बताउँदै त्यस्तो हर्कत गर्ने भ्रष्ट कम्युनिष्ट सरकारलाई नसच्चिए ठेगान लगाउने चेतावनी दिएका थिए ।

काँग्रेस युवा नेता समेत रहेका अध्यक्ष बस्नेतले झुठा मुद्धा लगाउन नेता शाहलाई फसाउन खोज्ने प्रहरीका स्थानीय डीएसपी लगायत षढ्यन्त्रकारी प्रहरीलाई कारबाही गर्दै शाह लगायतका नेताहरुलाई बिनाशर्त रिहाई गर्न ध्यानाकर्षण गराएका थिए।

अध्यक्ष बस्नेतले अध्यक्ष शाहसहित दिनेश कुमारी शाही, राघव शाह, पृतम थापा, माधव नेपाली, यमबहादुर बुढा लाई बिना शर्त रिहाई गर्न भन्दै यस्ता कार्यमा लोकतन्त्रबादी तरुणहरुलाई आईन्दादेखी फसाउने कार्य नगर्न सचेत गराएका थिए । बिहीबार राती ८ः ३० बजे शाह लगायतका नेताहरु पक्राउ परेपछि अध्यक्ष बस्नेतले विज्ञप्ती निकाल्दै उक्त कुरा बताएका थिए । नेपालगंजमा एक महिनाअघि नेकपाका कार्यकर्ताले काँग्रेस सभापति किरण कोईराला लगायतलाई कार्यक्रम स्थलमा प्रवेश गरी आक्रमण गरेको थिए । उक्त आक्रमणमा पनि काँग्रेसले नेकपाले षढ्यन्त्र गरेको बताउँदै आएको छ । अर्कँलाई खनेको खाल्डोमा डीएसपी शाही आफैं पर्नेभएका छन् ।

पदको दुरुपयोग गर्दै खसी माग्ने र काम गरि खाएका साधारण युवालाई बन्दुक भीराएर फसाउन खोज्ने जनतालाई फसाएको प्रमाणीत भए सर्बस्वसहित जन्मकैदको सजाय दिलाउन सर्बसाधारणले सामाजिक सञ्जालमा माग गर्न थालेका छन् ।