समाचार

धनगढीमा भएको वम विस्फोटका घाईतेमध्ये एकको मृत्यु

धनगढी । कैलालीको धनगढीमा बिहीबार साँझ भएको बम विस्फोटमा परि घाइते भएका एक जनाको मृत्यु भएको छ ।

बम विस्फोटमा घाइते बझाङ जयपृथ्वीबहादुर नगरपालिका १४ का रामबहादुर सिंहको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिएका छन ।

बिहीबार साँझ धनगढीको शहिद गेटस्थित निलम होटलमा बम विष्फोट हुँदा ५ जना घाइते भएकोमा सिंहको मृत्यु भएको हो ।

बम विस्फोटमा परी घाइते भएका होटल सञ्चालक केशवराज पाण्डे, जितेन्द्र यादव, मोविन खान र लक्ष्मण सेरेलाको भने धनगढीको माया मेट्रो अस्पतालमा उपचार भैरहेको छ ।  उक्त विष्फोट कस्ले गराएको भन्ने बारे कुनै जानकारी नभएपनि विस्तृत अनुसन्धान भैरहेको उहाले बताउनु भएको छ । 

धनगढीमा भएको वम विस्फोटका घाईतेमध्ये एकको मृत्यु