आर्थिक

सानिमाद्धारा आइएफसीसँग प्रारम्भिक कर्जा सम्झौतामा हस्ताक्षर

काठमाडौं । सानिमा बैंकले विश्व बैंकअन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम (आइएफसी)सँग हालै कर्जा सम्बन्धित प्रारम्भिकसम्झौतामा हस्ताक्षर गरेको छ ।

उक्त सम्झौता सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहाल र आइएफसीका आवासीय प्रतिनिधि मोहमद रेहान रसिद बिच आदान प्रदान भयो ।

यसबाट अन्तराष्ट्रिय बजारमा पहँुच भई भित्रिने बाहृय पूँजी,स्वदेशमा परिचालनगरीदेशको उच्चआर्थिक वृद्धिमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

सानिमा बैंकको हाल ५८ शखा, १ एक्सटेन्सन काउन्टर र ६७ ए.टि.एम. रहेको छ ।