समाचार

सिन्डिकेट हटाउन भूमिका खेलेका रुपनारायण गोकर्ण विष्टकोमा तानिए

काठमाडौं । १२ जना सहसचिवको पदस्थापनासँगै सरकारले २८ सहसचिवको सरुवा गरेको छ । १६ सहसचिवहरु सरुवामा परेका छन् भने बढुवा भएका १२ नयाँ सहसचिवहरुको पदस्थापन गरिएको छ ।

यातायात व्यवस्था विभागमा रहेर यातायातको सिन्डिकेट हटाउन महत्वपूर्ण भूमिका खेलेका सहसचिव रुपनाराण भट्टराईलाई मन्त्री गोकर्ण विष्टले मन्त्रालय ल्याउन पहल गरेपछि उनी श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठले मन्त्रालय तानेर जगेडामा राखेका भट्टराईलाई श्रम मन्त्रालयमा सरुवा गरिएको हो ।यातायात विभागबाट तानेर जगेडामा राखिएपछि भट्टराई बिदामा थिए ।