समाचार

सामूहिक बलात्कार काण्डका फरार अभियुक्तविरुद्ध ‘डिफ्यूजन नोटिस’

काठमाडौं । दरबारमार्गको होटल ल्याण्डमार्कमा भएको सामूहिक बलात्कार काण्डका फरार ३ जना प्रतिवादीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलमा डिफ्यूजन नोटिस जारी भएको छ । चार महिनाअघि होटल ल्याण्डमार्कमा एक युवती सामूहिक बलात्कारमा परेकी थिइन् ।

प्रहरी कार्यालय काठमाडौंका अनुसार प्रकरणमा संलग्न प्रतिवादीहरु विकास गौतम, दिपक श्रेष्ठ र रवी पौडेलको नाममा डिफ्यूजन नोटिस जारी भएको हो । उनीहरुलाई फरार प्रतिवादी बनाएरै मुद्दा दायर गरिएको थियो ।

सो घटनामा संलग्न मुख्य अभियुक्त पीडित युवतीका प्रेमी शैलेश कार्कीलाई पुर्पक्षका लागि जेल चलान गर्ने अदालतको आदेश अनुसार केन्द्रीय कारागार, सुन्धारामा पठाइसकिएको छ ।