आर्थिक

नेपाल इन्भेष्टमेण्ट र ईन्टरनेशन फाइन्यान्स बीच कर्जा सम्झौता

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक र विश्व बैंक समूह अन्तर्गतको ईन्टरनेशनल फाइन्यान्स कर्पोरेशन (आइएफसी) बिच कर्जा सम्झौता भएको छ । बुधबार भएको सम्झौतापत्रमा इन्भेष्टमेण्ट बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र आइएफसीका तर्फबाट आवाशीय प्रतिनिधी एम रेहान रशिदले हस्ताक्षर गरका हुन् ।

यो सम्झौतापछि बैंकले आइएफसीसँग कर्जा लिन पाउनेछ । अन्तराष्ट्रिय कम्पनीसँग कर्जा लिन नेपाल राष्ट्र बैंकको अनुमति लिनुपर्ने प्रावधान रहेको छ । सम्झौतापछि देशमा अहिले देखिएको आर्थिक तरलता केही हद सम्म कम हुने अपेक्षा समेत गरिएको छ । आइएफसीबाट प्राप्तकर्जालाई राष्ट्र बैंकले तोके अनुसारको क्षेत्रमा उपलव्ध गराउने छ ।

यस अघि इन्भेष्टमेण्ट बैंक र आइएफसी बिच व्यापार तथा वित्त क्षेत्रमा मिलेर काम गर्ने सम्झौता भइसकेको छ । व्यापार तथा वित्त क्षेत्रमा ५० लाख अमेरिकी डलरसम्मको लगानी गर्न दुबै पक्ष सहमत भएका थिए । प्राप्त रकम नेपालीे साना तथा मझौला व्यवसायलाई प्रोत्साहन तथा प्रवद्र्धन गर्न प्रयोग गरिने छ ।

शाखा संख्या ७० वटा पुगेको बैंकले आठ लाखभन्दा बढी उपभोक्तालाई ९८ वटा एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ ।