समाचार

प्रधानमन्त्री ओलीको सम्पत्ती कति ?

काठमाडौं । प्रधानमन्त्री ओलीको २ वटा घर, १८ तोला सुन र बैंकमा ४२ लाख सम्पत्ति रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

प्रधानमन्त्री सम्पत्ती श्रीमतीको नाममा रहेको सार्वजनिक विवरणमा उल्लेख गरिएको छ । जसमा २ कित्ता जग्गा, एउटा १ रोपनी र अर्को डेढ रोपनी छ भने झापाको पृथ्वीनगरमा १० कठ्ठा जग्गा छ । त्यस्तै ओलीसँग करिब १८ तोला सुन पनि रहेको छ ।

त्यस्तै, विभिन्न बैंकमा गरि प्रधामन्त्रीको श्रीमतीको नाममा रहेको खातामा ४३ लाख रहेको विवरणमा उल्लेख छ ।