उर्जा

बुटवल पावरले ४४ करोड लाभांश वितरण गर्ने

काठमाडौँ । बुटवल पावर कम्पनी ९बिपिसी० ले आफ्ना शेयरधनीलाई करीब रु ४४ करोड नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको आज सम्पन्न २५औँ वार्षिक साधारणसभाले उक्त लाभांश पारित गरेको हो । कम्पनीले केही समय पहिले एफपिओ बिक्री गरेपछि चुक्ता पुँजी रु दुई अर्ब २१ करोड पुगेको छ । कम्पनीमा ८८ हजार शेयरधनी छन् । कम्पनीले आर्थिक वर्ष २०७३/७४ मा रु ६६ करोड ८० लाख मुनाफा कमाएको थियो ।

उक्त मुनाफाबाट नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनीको गत चैत २५ गते बसेको सञ्चालक समिति बैठकले लाभांश दिने निर्णय गरेको थियो । कम्पनीले केही दिनअघि मात्रै चिनियाँ साझेदार लगायतको संयुक्त लगानीमा जलविद्युत् आयोजना निर्माण गर्ने योजना अघि सारेको छ ।

कम्पनीले मनाङमा ६०० मेगावाटको माथिल्लो मस्र्याङ्दी र २८२ मेगावाटको मनाङ–मस्र्याङदी निर्माण गने तयारी गरेको छ ।