शिक्षा

पौडेललाई यसरी आयो विद्यावारिधि

काठमाडौँ । त्रिवि मानविकी तथा सामाजिकशास्त्र सङ्कायले सहप्राध्यापक हेमनाथ पौडेललाई आज विद्यावारिधि उपाधि दिएको छ ।
नेपाली प्रगतिवादी कविताका प्रवृत्तिहरु(समकालीन २०४६–६३)शीर्षकमा उनलाई सो उपाधि दिइएको हो । पौडेलका निर्देशकमा प्रा डा महादेव अवस्थी र सहनिर्देशकमा प्रा डा देवीप्रसाद गौतम थिए ।
हाल रत्नराज्यलक्ष्मी क्याम्पस, प्रदर्शनीमार्गमा अध्यापनरत पौडेलका निबन्ध, समालोचना, भाषासम्बन्धी विषयका कृति प्रकाशित छन् । तेह्रथुममा सन्ताउन्न वर्षअघि जन्मिएका पौडेल विसं २०४६ देखि अध्यापनरत छन् । हाल उनी माक्र्सवादी सौन्दर्यशास्त्र सम्बन्धमा अध्यापन गर्छन् ।