विशेष

उपसभापति, माहामन्त्री र सहमाहामन्त्री भयो मनोनयन, अधिकाँस नेता यसरी देखिन्छन् रुष्ट

काठमाण्डौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको उपसभापतिमा बिमलेन्द्र निधी, माहामन्त्रीमा पूर्णबाहादुर खड्का र सहमाहामनत्रीमा डा. प्रकाशसरण्म महतलाई नियुक्त गरेका छन् ।

१३ औं माहाधिवेशन पश्चात नियुक्ती गर्न बाँकी रहेका पदाधिकारीका पदहरुमा जनकपुरबाट राजनीति गर्ने निधीलाई उपसभापति, सुर्खेतबाट राजनीति गर्ने खड्कालाई माहामन्त्री र काठ्माण्डौबाट राजनीति गर्ने डा. प्रकाशसरण महतलाई सहमाहामन्त्रीमा नियुक्त गरेका छन् । तीनजना नेता प्रतिनिधिसभा निर्बाचन २०७० मा पराजित भएक नेता हुन् ।

ब्यापक बिबाद भएका कारण माहाधिवेशन भएको २ बर्षहुंदासम्म मनोनयन गर्न नसेको पदाधिकारी पदमा सभापति देउवाले आज मनोनयन गरेका छन् । यस नियुक्तीपछि रामचन्द्र पौडेल पक्ष देउवासंग रुष्ट त छंदैछ सभापति देउवापक्षका सिनियर नेता गोपालमान श्रेष्ठ, प्रदेश नम्बर १ का देउवा पक्षका बिश्वाशिला नेता समेत रहेका ज्ञानेन्द्र बहादुर कार्की, प्रदेश नम्बर ५ बाट राजनीति गर्ने सभापति देउवा पक्षका नेता बालकृष्ण खाँड लगायतका नेताहरु रुष्ट रहेका छन् । निर्बाचन पश्चात काँग्रेससंग एकीकरण गरेर प्रबेश गरेका बिजयकुमार गच्छदार पनि सभापति देउवासंग खुसी रहने कुरै भएन । गच्छदारले पटक पटक केन्द्रीय समितिको बैठकमा समेत आफू उपसभापतिको दाबेदार रहेको बताएका थिए ।

उपसभापतिको प्रबल दाबेदार रहेका नेता खुमबहादुर खड्काको निधनपछि एकजना प्रतिष्पिर्धी धने घटेका थिए । केन्द्रीय सदस्यमा सभापति देउवाले मनोनित गर्दा पौडेल पक्षलाई केही स्थान दिएपनि पदाधिकारीमा स्थान नदिएपछि पौडेल पक्षले सभापति देउवासंग गम्भिर असहमती देखाउने सम्भाबना त्यतीकै देखिन्छ भने पछिल्लो समयमा सभापति देउवाबाट छुट्टिएको बताएको गृष्ण प्रसाद सिटौला र कुलबहादुर गुरुगं पक्षले कस्तो भूमिका खेल्छन् त्यो हेर्न बाँकी छ । कर्मचारी यूनियनको निर्बाचनमा देउवालाई एक्लाउन सफल भएर आफ्नो पक्षलाई बिजय गराएका उनीहरु सभापति देउवाका बिरुद्ध एकजुट हुने सम्भाबना देखिन्छ ।

देशको सबैभन्दा महत्वपूर्ण प्रदेशको रुपमा रहेको नम्बर नम्बर १ लाई काँग्रेसको पदाधिकारीमा मनोनय नगर्दा सभापति देउवालाई भन्दा पनि काँग्रेसलाई अप्ठ्रो पर्न सक्छ । सभापति देउवाले प्रदेश मिलाउन पूर्बअर्थमन्त्री समेत रहेका केन्द्रीय सदस्य ज्ञानेन्द्रबाहादुर कार्कीलाई माहामन्त्री बनाउने सम्भाबना देखिन्थ्यो, नेता कार्कीले भने आफू पार्टीको निर्णय मान्ने बताउने गरेका थए । अर्का केन्द्रीय सदस्य बालकृष्ण खाँडले देउवाले मनोनित गरेको प्रमुख सचेतकको पदलाई समेत ईन्कार गरेकाले उनी पनि माहामन्त्री वा सहमाहामन्त्रीमा अपेक्षा राखेको अनुमान लागउन सकिन्छ ।

पूर्णबहादुर खड्का पूर्बगृहमन्त्री हुन्, खड्का शुशील कोईराला सभापति भएका बेला समेत काँग्रेसको सहमाहामन्त्री थिए । नबनियुक्त उपसभापति  निधी महेन्द्र नारायण निधीका पुत्र हुन् उनि सरकारको उपप्रधानमन्त्री बनिसकेका छन् । प्रकाशसरण महत पनि पटक पटक मन्त्री भएका नेता हुन् । सहमाहामन्त्री महत डा. रामशरणमहतका भाईसमेत हुन् ।

काँग्रेसमा पदाधिकारी तथा सदस्यहरुको मनोनयनपछि बिभागहरु गठनको लागी बाटो खुलेको देखिन्छ । सभापति देउवालाई बरिष्ठ नेता रामचन्द्र पौडेलपक्षलाई मिलाउन भन्दा आफ्नै पक्ष मिलाउन सकस पर्ने देखिएको छ ।
४ पटकसम्म प्रधानमन्त्री भएका काँग्रेस सभापति देउवाले पार्टीलाई कसरी हाँक्छन् त्यो भने हेर्न अझै बाँकी छ । उनले सबै हारेका नेतालाई पदाधिकारीमा मनोनित गरेको भन्दै सामाजिक सञ्जाल लगायतमा बिबादिन भने भएका छन् ।
यस मनोनयनसंगै सभापति देउवाको समूह अझ कम्जोर हुने सम्भाबना देखिन्छ । गगन थापा, प्रदीप पौडेल लगायतका युवा नेताहरुले मागेको अर्लि माहाधिवेशन र निर्बाचनमा भएको काँग्रेसको हारले सभापति देउवालाई समस्यामा पार्ने त छंदैछ, आन्तरिक गुटबन्दीले काँग्रेस अझ कम्जोर हुने देखिन्छ । बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भने मनोनयनलाई ठाडै बिरोध जनाएको छ ।

पदाधिकारी मनोनयन भने नेपाली काँग्रेसको बिधान बमोजिम नै भएको छ ।