अन्तर्राष्ट्रिय

उत्तर चीनको रासायनिक भट्टी विष्फोट हुँदा ४ जनाको मृत्यु ३ घाइते

६ कार्तिक, ओहोट । उत्तरी चीनको भित्री मंगोलिया स्वायत्त क्षेत्रको एउटा रासायनिक कारखानामा शुक्रबार बेलुका विष्फोट हुँदा चार जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।
उक्त विष्फोट राति ११:०० बजे भएको थियो। अल्क्सा लीग (प्रिफेक्चर) को बायन ओबो औद्योगिक पार्कमा रहेको रासायनिक प्लान्टको कार्यशालामा शुक्रबार लागेको आगो शनिबार बिहानै निभाइएको छ ।
फर्मका कानुनी प्रतिनिधिलाई स्थानीय सार्वजनिक सुरक्षा अधिकारीहरूले नियन्त्रणमा लिएका छन् भने कम्पनीले उत्पादन रोकेको छ।
दुर्घटनाको कारण पत्ता लगाउन क्षेत्रीय सरकारले छानबिन टोली गठन गरेको छ ।