सामाजिक सञ्जाल

वातावरण संरक्षणमा ध्यान नदिए भयानभह अवस्था आउन सक्ने अध्यक्ष थापाको चेतावनी

५ कात्तिक, काठमाडौँ । राप्रपाका अध्यक्ष कमल थापाले बेमौसमी वर्षाले हाल पुर्‍याएको जनधनको ठूलो क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
उनले टवीटमार्फत पिडित परिवारलाई सरकारले तत्काल राहत उपलब्ध गराउने अपेक्षा अपेक्षसमेत गरेका छन् ।
अध्यक्ष थापाले चेतावनी दिँदै भनेका छन्, ‘ वातावरण संरक्षण र पर्यावरणमा देखिएको नकरात्मक प्रभाव न्यूनिकरण गर्न सशक्त कदम नचाल्ने हो भने भविष्य भयावह हुने तर्फ सबैको ध्यान जानुपर्छ ।’
उनको ट्वीटः बेमौसमी वर्षाले हाल पुर्‍याएको जनधनको ठूलो क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछु। पिडित परिवारलाई सरकारले तत्काल राहत उपलब्ध गराउने अपेक्षा गर्दछु
वातावरण संरक्षण र पर्यावरणमा देखिएको नकरात्मक प्रभाव न्यूनिकरण गर्न सशक्त कदम नचाल्ने हो भने भविष्य भयावह हुने तर्फ सबैको ध्यान जानुपर्छ