आर्थिक

सन्राइज बैंकका ग्राहकलाई KFC/Pizza Hut मा विशेष छुट

५ कात्तिक, काठमाडौं। सन्राइज बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुबिधालाई मध्यनजर गर्दै अस्पताल, रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुबिधा दिदैं आएको छ । सोही क्रममा रेष्टुरेन्ट क्षेत्रमा समेत विभिन्न छुट दिने उद्देश्यका साथ बैंकले देबयानी इन्टरनेशनलसंग सम्झौता गरेको छ ।

ग्राहकहरुलार्ई विशेष छुट दिने सम्झौतापत्रमा बैंकका नायब महाप्रबन्धक रबिन नेपाल र देबयानी इन्टरनेशनलको नायब महाप्रबन्धक – (वित्त बिभाग) रितु राज शाह बीच हस्ताक्षर भएको छ ।

सम्झौता पश्चात बैंकका ग्राहकहरुले प्ँऋ र एष्शशब ज्गत मा खाना र बेबरेजको खरिदमा सन्राइज बैंकको के्र्रडिट कार्ड र डेबिट कार्डको माध्यमबाट भुक्तानी गर्दा ५ प्रतिशत छुट पाउनेछन् । ग्राहकहरुले KFC/Pizza Hut को उपत्यका भित्र र बाहिरको १७ वाट शाखाहरुबाट नै यस छुटको लाभ लिन सक्नेछन् ।

बैंकले “स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ” अभियान अनुरुप आफ्ना ग्राहकहरुलाई नगद कारोबारबाट डिजिटल कारोबारमा जान प्रोत्साहन गर्दै आएको छ ।