राजनीति

ओली ज्यूले भनेजसरी एक हप्तामा सरकार ढाल्न असंबैधानिक र असंभवः काँग्रेस प्रवक्ता शर्मा

३ कात्तिक, काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता बिश्वप्रकाश शर्माले एक सातामा सरकार ढाल्न असंबैधानिक र असंभव भएको बताएका छन् ।
आज एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले चाहेमा एक सातामा काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार ढाल्ने दाबी गरेपछि काँग्रेस प्रवक्ता शर्माले उक्त प्रतिकृया दिएका हुन् ।
उनले ट्वीट गर्दै ञचाहे एकसातामा सरकार ढाल्न सक्छौंझ भनेर
चुनौती दिने समय यो होइन, संविधानत त्यो संभव पनि छैन भनेका छन् ।
प्रवक्ता शर्माले अविरल बर्षाले आक्रान्त नागरिकको सेवामा जुट्ने, राजनीति माथि उठ्ने र सोच्ने समय हो यो, आउनोस् उद्दार, राहत र पुनर्स्थापनाको अभियानमा जुटौं भन्दै उल्टो अध्यक्ष ओलीलाई सरकारलाई सघाउन आगग्रह गरेका छन् ।

नेता शर्माको ट्वीटः

श्रद्देय कमरेड
@kpsharmaoli ज्यु,
ञचाहे एकसातामा सरकार ढाल्न सक्छौंझ भनेर
चुनौती दिने समय यो होइन ! संविधानत त्यो संभव पनि छैन !
अविरल बर्षाले आक्रान्त नागरिकको सेवामा जुट्ने, राजनीति माथि उठ्ने र सोच्ने समय हो यो ! आउनोस् उद्दार, राहत र पुनर्स्थापनाको अभियानमा जुटौं ! जय नेपाल !