राजनीति

गगनले आफ्नै पार्टीका प्रधानमन्त्रीलाई भने, ‘खेतिबाली नष्ट भएका, जोखिमका हरेकको गार्जन बन्नुस्’

३ कात्तिक, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता गगन कुमार थापाले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफन्त गुमाएका, विस्थापित भएका, खेतिबाली नष्ट भएका, जोखिममा रहेका हरेकलाई बलियो ढाडस दिनुस,दुस्खमा समानुभुतिको महसुस गराउनुहोस् भनेका छन् ।
उनले ट्वीट गर्दै केहिदिन देखिको वर्षाका कारण सुदुरपश्चिम लगायत देशका कयौँ ठाउँमा बाढी, पहिरोले जनजीवन अस्तव्यस्त भएको भन्दै यो वेलानै हो सरकारले अभिभावक भएको आभास दिलाउने भनेका छन् ।
काँग्रेस केन्द्रीय सदस्य गगन कुमार थापा आफ्नै पार्टीका सभापति शेरबहादुर देउवालाई सुझाव दिन पनि पछि भरेका छैनन् ।

गगनको ट्वीटः केहिदिन देखिको वर्षाका कारण सुदुरपश्चिम लगायत देशका कयौँ ठाउँमा बाढी,पहिरोले जनजीवन अस्तव्यस्त भएको छ। यो वेलानै हो सरकारले अभिभावक भएको आभास दिलाउने।
@PM_Nepal_ आफन्त गुमाएका, विस्थापित भएका, खेतिबाली नष्ट भएका, जोखिममा रहेका हरेकलाई बलियो ढाडस दिनुस, दुस्खमा समानुभुतिको महसुस गराउनुहोस