तस्विरहरु

देउवा, प्रचण्ड, सिंहदेखी सर्बसाधारणसम्म यसरी लगाए काठमाडौंमा दशमी टीका (तस्विरहरु)

२९ असोज, काठमाडौं । राष्ट्रपति बिद्यादेवी भण्डारी, पुर्व राष्ट्रपति रामबरण यादब, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल, काँग्रेस पुर्व महामन्त्री प्रकाशमान सिंहलगायत सर्बसाधारणले आज २०७८ सालको असोज २९ गते पर्न गएको  बडादशैंको सबैभन्दा महत्वपूर्ण चाड बिजया दशमीको दिन टीका लगाई आशिर्बाद दिएका छन् । यसैबिच आशिर्बाद लिने दिने तस्विरहरुः

राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा हनुमानढोका दरबारका मूल पूजारी देवराज अर्यालको हातबाट शुक्रबार साईतमा दशैंको टीका तथा फूल प्रसाद ग्रहण गर्दै
राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा आमा मिथिला पाण्डेको हातबाट शुक्रबार साईतमा दशैंको टीका तथा प्रसाद ग्रहण गर्दै ।

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार प्रम निवास बालुवाटारमा दशैँको टीका एवम जमरा लगाउँदै । प्रधानमन्त्रीले बालुवाटारमा परिवारका सदस्य, सुरक्षा निकायलगायतलाई टीका तथा जमरा लगाएका छन्

नेपाली काँग्रेसका प्रभावशाली केन्द्रीय सदस्य डा शेखर कोईरालाका स्वकीय सचिव तथा नेबिसंघका नेता दिनेशचन्द्र थपलिया परिवारसंग दसैं मनाउँदै