राजनीति

आज राजसंस्था बिनाको प्रजातन्त्रमा ‘दले’ राजाहरुका बिरुद्ध लडिरहेका छौंः नेता गुरुङ

२७ असोज, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता धनराज गुरुङले नफेरिएको बिकृत प्रबृत्ति बिरुद्ध लडिरहने छौं भनेका छन् ।
आज बडामदसैंको अष्टमीका दिन ट्वीट गर्दै नेता गुरुङले ‘राजसंस्था बिनाको प्रजातन्त्र सान्दर्भिक हुँदैन, -पुर्ब राजा ज्ञानेन्द्र! भन्ने बिषयलाई जोड्दै उक्त कुरा बताएका हुन् ।
नेता गुरुङले हिजो प्रजातन्त्र बिनाको राजसंस्था चलाउने धृष्टता गर्ने राजा बिरुद्ध लड्यौं भनेकबा छन् । उनले आज राजसंस्था बिनाको प्रजातन्त्रमा ‘दले’ राजाहरुका बिरुद्ध लडिरहेका छौं भन्दै ब्यापक असन्तुष्टी पोखेका छन् ।
उनको ट्वीटः ‘राजसंस्था बिनाको प्रजातन्त्र सान्दर्भिक हुँदैन’-पुर्ब राजा ज्ञानेन्द्र!
हिजो प्रजातन्त्र बिनाको राजसंस्था चलाउने धृष्टता गर्ने राजा बिरुद्ध लड्यौं।
आज राजसंस्था बिनाको प्रजातन्त्रमा ‘दले’ राजाहरुका बिरुद्ध लडिरहेका छौं।
अर्थात नफेरिएको बिकृत प्रबृत्ति बिरुद्ध लडिरहने छौं।