अन्तर्राष्ट्रिय

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी शोधकर्तालाई

२५ असोज, स्टकहोम । अमेरिकामा रहेर ‘प्राकृतिक प्रयोग’ वा अवलोकन अध्ययनको प्रयोग गरी श्रम बजारमा अनुसन्धानका लागि शोधरत अर्थशास्त्रीहरूलाई यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ ।
क्यानेडियन(अमेरिकी डेभिड कार्ड, इजरायली(अमेरिकी जोशुआ एङ्ग्रिस्ट र डच(अमेरिकन गाइडो इम्बेन्सले ‘श्रम बजारको बारेमा नयाँ अन्तरदृष्टि’ प्रदान गर्ने र ‘कारण र प्रभावबाट के निष्कर्ष निकाल्न सकिन्छ’ भनेर देखाउन गरेको अनुसन्धान बापत पुरस्कार जितेका छन् ।