राजनीति

सिंहदरबारमा बसेका भिखारीले देश कहिल्यै नबनाउनु तर आफ्नो महल बनाउनु दुर्भाग्यः नेता गुरुङ

२५ असोज, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता धनराज गुरुङले, ‘ सिंहदरबारमा बसेर बिदेशीसँग भिख माग्ने भिखारीले पनि कहिल्यै देश बनाउँदैनन्। तर उनीहरुले आफ्नो महल भने बनाउँछन्। नेपाली राजनीतिको दुर्भाग्य यही होू भनेका छन् ।
उनले, ‘सडक पेटी, मठ, मन्दिर, गुम्बा, चर्च, मस्जिद आदि ठाउँमा बसेर माग्ने भिखारीले कहिल्यै घर बनाउँदैनन्।’ भन्ने उदाहरण दिँदै उक्त कुरा बताएका हुन् ।
नेता गुरुङले अर्जुनचौपारी स्याङ्गजाको कार्यक्रममा बोल्दै उक्त कुरा बताएका हुन् ।

उनले भनेका छन्, ‘सडक पेटी, मठ, मन्दिर, गुम्बा, चर्च, मस्जिद आदि ठाउँमा बसेर माग्ने भिखारीले कहिल्यै घर बनाउँदैनन्।
सिंहदरबारमा बसेर बिदेशीसँग भिख माग्ने भिखारीले पनि कहिल्यै देश बनाउँदैनन्। तर उनीहरुले आफ्नो महल भने बनाउँछन्।
नेपाली राजनीतिको दुर्भाग्य यही हो’