बाग्मती

प्रदेशसभा र संघीयता खारेज गरौं : सांसद माझी

२४ असोज, हेटौँडा : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की बागमती प्रदेशसभा सदस्य रिता माझीले संघीयता खारेज गरिनुपर्ने बताएकी छिन् ।

बागमती प्रदेशसभाको नवौ अधिवेशनमा बोल्दै सांसद माझीले नेपालमा संघीय प्रणाली असफल भैसकेको भन्दै उनले सकिन्छ भने तत्कालै प्रदेश सरकार खारेजी गर्नुपर्ने बताईन् ।

प्रदेश सरकारले जनतामा कुनै किसिमको राहात दिन नसकेको, प्रदेश सरकार र सांसदहरु पद र प्रतिष्ठाको लागि मात्र उभिने हो कि बोझको लागि उभिने हो भन्दैले दशैको विदामा समिक्षा गर्दै यो बोझलाई खारेज गर्नुपर्ने बताईन् ।

संघियतालाई खारेजि गर्दा नेपाली जनता खुसी हुने भन्दै यो महंगी र भ्रष्टचारलाई न्यूनिकरणको लागि यो ब्यवस्था खारेज गर्नुपर्ने बताईन् । जनताले तिरेको करबाट प्रदेशसभाका माननीयलाई तलब खुवाउने काम मात्र भएको भन्दै उनले यस्तो ब्यवस्था खारेज हुनुपर्नेमा जोड दिईन् ।

हिजो संवैधानीक राजतन्त्रलाई हटाएर अहिले धेरै राजाहरुको जन्म भएको भन्दै उनले नेपाललाई बलियो बनाउनको लागि संघियता खारेज हुनुपर्ने बताइन् ।
लोेभ लालच देखाई गाउँगाउँमा धर्म परिवर्तनको आतङ्क रहेको भन्दै उनले यसतर्फ सचेत हुनुपर्ने बताईन् ।