आर्थिक

नबिल बैंकले ल्यायो ‘नयाँ लुगा’ नामको संदेशमूलक दशैं

२४ असोज, काठमाडौं । नबिल बैंकले गत वर्ष तयार पारेको दशैं भिडियोको अपार सफलता पश्चात् यो वर्ष पनि “नयाँ लुगा” नामक दशैंको भिडियो सार्वजनिक गरेको छ । यस नयाँ भिडियो नेपालीहरुको महान चाड दशैं मनाउन शहरमा बसोबास गर्ने र दशैं मनाउन गाउँ फर्कने कथामा आधारित छ, यो कथा आम नेपालीहरुको आत्मकथा पनि हो ।
भिडियोमा एक जना बाबा शहरमा जागिर गर्दछन, घरबाट छोरीको फोन आउँदछ, दशैँमा नयाँ कपडा ल्याइदिनु भनेर र उनी छोरी एवं श्रीमतीको खुशीका निम्ती दशैँ किनमेल गरेर गाउँ फर्किन्छन् । फर्किदा, बाटो बिग्रेर जाममा पर्दछ तर परिवारको माया अनी खुशीको लागि उनी रात भरी हिंडेर गाउँ पुग्दछन्ँ । यो कथालाई भिडियोमा निकै मार्मिक ढंगले प्रस्तुत गरिएको छ ।
घर पुग्दा छोरी, आमा अनी छोरीको साथी समेत सबै जना खुशी भई दशैं मनाउने तयारी गर्दछन र अब जागिर खान शहर जाने होइन, गाउँमा नै केही गर्नु पर्दछ भन्ने सन्देश पनि भिडियोले दिएको छ ।
यसैगरी दशैंको यस भिडियोले सकभर दशैंमा आÏनो परिवार संग भेटि सुरक्षित साथ खुशी साटासाट गरौं भन्ने सन्देश सरल ढंगले दिएको छ, जसले पहिले जस्तै सबैको मन जित्नेछ भन्ने अपेक्षा लिएको छ ।