स्वास्थ्य

कोरोना अपडेटः थप ५९६ मा सङ्क्रमण, १० जनाको मृत्यु

२४ असोज, काठमाडौं । विगत २४ घण्टामा ५९६ जनामा कोरोना भाइरसको सङक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १२ हजार ४०४ जनामा कोरोना परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण देखिएको हो ।

आज थपिएका सँगै देशभर सक्रिय सङ्क्रमित १५ हजार २४ रहेका छन् । पछिल्लो २४ घण्टामा ८७१ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै अहिलेसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ७५ हजार ९४३ पुगेका छन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९६।७ प्रतिशत छ ।

यस्तै सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा १० जनाको ज्यान गएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार २३१ जनाको निधन भइसकेको छ । हाल देशभर ३२२ सघन उपचारकक्ष (आइसीयू), ११३ भेन्टिलेटर, १३ हजार ८५९ होम आइसोलेसन, एक हजार १६५ संस्थागत आइसोलेसन र २३४ जना क्वारेन्टिनमा छन् । आज ७८ हजार ९२७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।