राजनीति

अध्यक्ष थापाले भने,’आफ्नो पछि कति भिड छ हेर्दिन, सत्यको बाटोमा अबिचलित भएर हिँडिरहन्छु’

२३ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा पुर्ब प्रधानमन्त्री किर्तिनिधी बिष्टका नाउँमा स्थापित एक लाख रुपैयाँ राशिको ‘नइ किर्तिनिनिधी पुरस्कार’ बाट आज पुरस्कृत भएका छन् । कार्यक्रममा बोल्दै थापाले जिबनमा धेरै कठिन परिक्षाको घडी ,घातरप्रतिघात पार गरेको भन्दै आफ्नो पछाडी कति भिड छ भनेर कहिल्यै नहेरि निरन्तर सत्य र निष्ठाको बाटोमा अबिचलित भएर हिडिरहेको बताएका छन् ।

आज नई प्रकाशनद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा संस्कृतिबिद सत्यमोहन जोशीको हातबाट पुरस्कार ग्रहण गर्दै थापाले १०२ बर्षिय शताब्दी पुरुष डा।सत्यमोहन जोशीबाट पुरस्कार ग्रहण गर्न पाउँदा आफुलाई भाग्यशाली महशुस गरे। राष्ट्रियताको पक्षमा लाग्नु आफ्नो जिम्मेवारी र कर्तब्य भएको भन्दै थापाले पुरस्कारले थप इमानदारित र निष्ठापुर्बक देश र जनताको हितमा काम गर्न प्रेरणा दिएको बताए । आफुले धेरै कठिन परिक्षा ब्यहोरेको चर्चा गर्दै थापाले भिड र तालीको लागि नभई सत्य र निष्ठाको निमित्त निष्काम कर्म गरिरहने स्पष्ट पारे।

आम मान्छेले चिनेको बुझेको कमल थापा भन्दा आफू फरक भएको भन्दै उनले समय क्रममा त्यो स्पष्ट हुने समेत बताए । लोभ, मोह र स्वार्थबाट माथि उठेर काम गर्नु कठिन बिषय भएको तर आफू त्यो अभ्यासमा रहेको र सम्मानको बोझले थप थिचिएको उनको भनाई थियो । ‘इमानदार र अटल भएर अड्न गाह्रो छ, तर म त्यो अभ्यासमा छु’ -थापाले भने । पुरस्कार बापत प्राप्त १ लाख नगद आफुसङ्ग आबद्द रहेको सामाजिक सस्थालाई प्रदान गरि गरिब जेहन्दार विद्यार्थीलाई पढ्न उपलब्ध गराउने समेत उनले बताए । पुर्ब प्रधानमन्त्री किर्तीनिधि बिष्ट नेपाली राजनितीको शिखर ब्यक्तित्व भएको चर्चा गर्दै थापाले निर्भिकता पुर्बक राष्ट्रबादी बिचार, सोच, अडान र स्वाभिमान राख्ने स्वर्गीय बिष्टको भाबनाको महत्त्व धेरै भएको र आगामी दिनमा थप चर्चा हुन जरुरी भएको समेत बताए ।

नइ प्रकाशनले नेपालको सार्बभौमिक अखण्डता, राष्ट्रिय स्वाधीनता र स्वाभिमानको अक्षुणता संरक्षण र सम्बर्द्धनका लागि अटल प्रतिबद्ध भएकोले कमल थापालाई पुरस्कार प्रदान गरिएको नइ प्रकाशनका सदस्य सचिब नरेन्द्रराज प्रसाईले जानकारी दिए ।