राजनीति

अध्यक्ष थापाको टिप्पणीः प्रधानन्यायाधीशले पदमा रहने नैतिकता गुमाउनु भयो

२२ असोज, काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले वर्तमान गठबन्धन मन्त्रिपरिषदमा एक ‘गैर सांसद’को सहभागिताले ‘परमादेश’ लेनदेनको आधारमा भएको प्रमाणित भएको बताएका छन् ।
उनले भनेका छन्, ‘न्यायपालिकाको विश्वसनीयतामा अपुरणीय क्षति भयो।कानुनी राज्यको अवधारणा र लोकतन्त्रको चिरहरण भएको छ। गठबन्धन नाङ्गो भएको छ।’
उनले ट्वीट गर्दै भनेका छन्, ‘ प्रधानन्यायाधीशले पदमा रहने नैतिकता गुमाउनु भयो ।’

उनको ट्वीटः वर्तमान गठबन्धन मन्त्रिपरिषदमा एक ‘गैर सांसद’को सहभागिताले ‘परमादेश’ लेनदेनको आधारमा भएको प्रमाणित भएको छ। न्यायपालिकाको विश्वसनीयतामा अपुरणीय क्षति भयो। कानुनी राज्यको अवधारणा र लोकतन्त्रको चिरहरण भएको छ।गठबन्धन नाङ्गो भएको छ। प्रधानन्यायाधीशले पदमा रहने नैतिकता गुमाउनु भयो