आर्थिक

सानिमा बैंक अब कपिलबस्तुको जीतपुर, काठमाडौंको मध्यबानेश्वर र भक्तपुरको बोडेमा

२३ असोज, काठमाडौं । सानिमा बैंक लिमिटेडले बिहीबार कपिलवस्तुको जीतपुरमा र शुक्रबामर काठमाडौंको मध्यबानेश्वर र भक्तपुरको बोडेमा बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ ।
जीतपुर कार्यालयको समुद्घाटन प्रदेश सभा सांसद विष्णु पन्थीज्यू, वाणगंगा नगरपालिकाका मेयर पंकज थारु, र बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दहालले संयुक्त रुपमा गरे । समुद्घाटन् समारोहमा बोल्दै प्रदेश सभा सांसद विष्णु पन्थीले जितपुरमा सानिमा बैंकको शाखा संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।
यसैगरी मध्यबानेश्वर कार्यालयको समुद्घाटन काठमाडौं महानगरपालिका वडा नं १० का अध्यक्ष राम कुमार के।सी र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेज बहादुर चन्दले संयुक्त रुपमा गरे । साथै बोडे कार्यालयको समुद्घाटन बैंकका नायलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।
सानिमा बैंकको देशका सातै प्रदेशमा ११२ कार्यालय र ९७ वटा ए।टि।एम। संचालनमा रहेका छन् ।
ब प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले गरे ।