सामाजिक सञ्जाल

दुबै डोज खोप लगाएका काँग्रेस युवा नेता पौडेललाई कोरोना संक्रमण, सम्र्पकमा बसेकालाई सचेत रहन आग्रह

२२ असोज, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेललाई कोरोना संक्रमण पुष्टी भएको छ । दुई डोज कोरोना खोप लगाएका काँग्रेस युवा नेता पौडेलले ट्वीटरमार्फत आफुलाई कोरोना संक्रमण देखिएको पुष्टी गरेका हुन् ।
कोरोना संक्रमितहरुको उपचार, ब्यवस्थापन तथा राहत बितरणमा सकृया युवा नेता पौडेलले अन्तिममा आफैं कोरोना संक्रमणको शिकार हुनुपरेको छ । उनले ट्वीटरमा लेख्दै आफुलाई कोरोना संक्रमण भएको र पछिल्लो समयमा सम्पर्क मा आएका सबैलाई सचेत रहन आग्हसमेत गरेका छन् ।
प्रदीप पौडेलको ट्वीटः स्वास्थ्यमा केही समस्या आएर परिक्षण गर्दा कोभिड पोजेटिभ देखिएको छ।दुबै डोज खोप लगाउदा पनि कोभिडले स्वास्थ्यमा असर निम्त्याएको छ।पछिल्लो समय सम्पर्कमा रहुनुभएका मित्रहरूलाई सावधानी अपनाउन अनुरोध गर्दछु। साथै सम्पूर्ण मित्रहरूलाई अनिवार्य माक्सको प्रयोग गर्नुहुन विशेष अनुरोध गर्दछु ।