प्रदेश 2

वीरगन्जमा नेपाल राष्ट्रिय बंगाली समाज गठन

२० असोज, वीरगन्ज । वीरगन्जमा बसोवास गर्ने बंगालीभाषी नेपालीहरुको एउटा भेलाबाट यहाँ नेपाल राष्ट्रिय बंगाली समाज गठन भएको छ । मंगलावर वीरगन्ज १० माइस्थान–घडिअर्वा मार्गमा रहेको दुर्गामन्दीरको प्राँगणमा समाजका केन्दीय अध्यक्ष पार्थो सरकारको प्रमुख आतिथ्य र प्रदेश २ संयोजक बिमलचन्द सरकारको अध्यक्षतामा बसेको भेलाबाट नेपाल राष्ट्रिय बंगाली समाज, पर्साको तदर्थ समिती गठन भएको समितिका सचिव डा। चन्दन बेनर्जीले जानकारी दिए ।
ब्यवसायि संदीप बेनर्जीको अध्यक्षतमा गठन भएको समितका उपाध्यक्ष कुशल गोहो ठाकुर, कल्पना दास अर्का सचिव दिलिप राउत र कोषाध्यक्ष रेणु राउत रहेका छन् । त्यसै गरी सदस्यहरुमा मिहिरचन्द्र अधिकारी, डा। गोबिन्दकुमार साह, मोहनकुमार मण्डल, कृष्णकुमार दास, अमरदीप सरकार, रुद्र हल्दर, सुमना बेनर्जी र निलोय मजमुदार रहेका छन् ।
नेपालमा लखौंको संख्यामा बंगालीभाषीहरु पुस्तौंदेखि बसोवास गरे पनि संगठित नभएको कारण बेग्लै पहिचान स्थापित हुन नसकेको केन्द्रीय अध्यक्ष सरकारले बताए । राष्ट्रिय जनगणना २०७८ मा आफ्नो थर मात्र उल्लेख नगरेर समुदायको रुपमा बंगाली लेख्न आफुहरुले नेपाली बंगालीहरुलाई अह्वान गरेको उनले जनाए । संगठित भएपछि अल्पसंख्यको रुपमा आफुहरुको पहचिान, भाषा र संस्कृतिको जगेर्नामा मद्दत मिल्ने बैठकका सहभागिहरुको प्रतिक्रिया थियो ।