आर्थिक

सानिमा बैंक अब काठमाडौंको गोकर्णेश्वरमा

१९ असोज, काठमाडौं । सानिमा बैंक लिमिटेडले आज काठमाडौंको गोकर्णेश्वरमा बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त कार्यालयको समुद्घाटन गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेद्वारा भयो ।
समुद्घाटन् समारोहमा बोल्दै गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले गोकर्णेश्वरमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे । त्यसैगरी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १०९ कार्यालय र ९७ वटा ए।टि।एम। संचालनमा रहेका छन् ।