सामाजिक सञ्जाल

पार्टीभित्रको निर्बाचनमा हारजित हुँदैन, अभिरजात्रा नगरौंः नेता गुरुगं

१८ असोज, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुगंले सर्वसम्मत नभएका ठाउँहरुमा निर्वाचन (प्रतिस्पर्धा)बाट नेतृत्व चयन गर्नु लोकतन्त्रको सुन्दरता भएको बताएका छन् ।
उनले ट्वीट गर्दै पार्टी भित्रको प्रतिस्पर्धामा हारजीत हुँदैन भन्ने ठोकुवाका काथ तसर्थ अबिर जात्रा नगरौं है भनेका छन् ।

प्रिय साथीहरू!
नेपाली कांग्रेसको १४ औं महाधिवेशनको क्रममा विभिन्न तहमा अधिवेशनहरु सम्पन्न भइरहेका छन्।
सर्वसम्मत नभएका ठाउँहरुमा निर्वाचन (प्रतिस्पर्धा)बाट नेतृत्व चयन गर्नु लोकतन्त्रको सुन्दरता हो। पार्टी भित्रको प्रतिस्पर्धामा हारजीत हुँदैन। तसर्थ अबिर जात्रा नगरौं है।