खेलकुद

इपिल–विराटनगरको जीत

१७ असोज, काठमाडौं । विराटनगर वारियर्सले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग ९इपिएल० टी–ट्वान्टी क्रिकेटको आफ्नो अन्तिम खेलमा पहिलो जीत दर्ता गराएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा आफ्नो अन्तिम खेलमा विराटनगरले काठमाडौं किङ्स–११ लाई ७ रनले पराजित गर्दै इपिएलमा सान्त्वना जीत दर्ता गराएको हो ।

विराटनगरले दिएको १०५ रनको लक्ष्य पछ्याएको काठमाडौँले निर्धारित ८ ओभरमा ३ विकेट गुमाएर ९७ रनको योगफल बनायो ।

काठमाडौँका रहमानुल्हा गुर्बाजले सर्वाधिक २८ रन बनाए भने सुवास खकुरेलले २६, राजु रिजालले २४ र रायन बुर्लले १५ रन बनाए । बलिङतर्फ विराटनगरका रायन पठानले दुई र प्रतिश जिसीले एक विकेट लिए ।

वर्षाका कारण आठ ओभरमा छोट्याइएको खेलमा काठमाडौँविरुद्ध पहिले ब्याटिङ गरेको विराटनगरले ५ विकेट गुमाएर १०५ रनको लक्ष्य दिएको थियो । विराटनगरको जीतमा अनिल साहले १६ बलमा अविजित रहँदै सर्वाधिक ४५ रनको योगदान गरे । त्यस्तै रायन पठानले ३० रन जोडे भने कप्तान करण केसीले १५ रनको योगदान गरे । सौरभ खनाल ५ रनमा अविजित रहँदा, सिकन्दर राजा ४, आशिफ शेख २ र दिलशान मुनाविरा १ रनमा आउट भए ।

बलिङतर्फ काठमाडौँका कप्तान सन्दीप लामिछाने, गुल्सन झा र रायन बर्लले एक एक विकेट लिए । विराटनगरले ५ खेलमा २ अङ्क जोड्यो । अघिल्लो चार खेल गुमाएको विराटनगर अङ्क तालिकाको पुछारमा रह्यो । काठमाडौँ ३ खेलमा २ अङ्क जोडेर पाँचौँ स्थानमा रहेको छ ।