मनोरञ्जन

‘राधा पियारी’ मा सुधीर र गरिमा

१७ असोज, काठमाडौ । संगीतकारका रुपमा चर्चित बसन्त सापकोटाले मेलिना राईको स्वरमा गाएको ‘राधा पियारी’ बोलको रोमान्टिक गीतको भिडियो निर्माण सम्पन्न भएको छ ।
गोपाल लोहारको शब्द र बसन्त सापकोटाको संगीत रहेको गीतको भिडियो श्याम लामा र काजी लिम्बूले संयुक्त रुपमा निर्देशन गरेका हुन । भिडियोमा सुधीर श्रेष्ठ र गरिमा शर्माले अभिनय गरेका छन् । सन्तोष राजबहाकको कोरियोग्राफी, उत्सव दाहालको छायांकन र बिकास दाहालको सम्पादन रहेको भिडियो गोलो प्रोडक्शनले निर्माण गरेको हो ।
भिडियो २३ असोजमा राजधानीमा एक कार्यक्रम आयोजना गरि सार्वजनीक गर्ने तयारी गरिएको जानकारी गायक तथा संगीतकार बसन्त सापकोटाले दिएका छन् ।