पु.समाचार

मोहन बैद्यप्रति खगेन्द्रले आक्रोशित हुँदै भनेः हैट्, मर्ने बेलाँ कमिलाको प्वाँख पलाको !

१७ असोज, काठमाडौं । बरिष्ठ लेखक खगेन्द्र संग्रौलाले राष्ट्रिय स्वाधीनता जोगाउन अब राजासँग गर्धन जोड्नै पर्छ भन्ने मोहन बैद्यको बिचारमा ब्यंग्य गरेका छन् ।
उनले ट्वीट गर्दै नेपालको कम्निस्ट विचारमा हिन्दुत्वको ढोँगी शुध्दता र शाही राष्ट्रवाद घुलमिल भाछन् भन्दैउक्त ब्यंग्य गरेका हुन्।
बृद्ध मोहन वैद्य यो घुलमिलका एक जण्ड प्रवक्ता हुन् भन्दै भन्दै आक्रोश पोख्दै भनेका छन्, ‘हैट्, बेलाँ कमिलाको प्वाँख पलाको!’
उनको ट्वीटः नेपालको कम्निस्ट विचारमा हिन्दुत्वको ढोँगी शुध्दता र शाही राष्ट्रवाद घुलमिल भाछन्। बृद्ध मोहन वैद्य यो घुलमिलका एक जण्ड प्रवक्ता हुन्। चित्तको कुरो कत्ति नढाँटी यिनले भनेछन्- राष्ट्रिय स्वाधीनता जोगाउन अब राजासँग गर्धन जोड्नै पर्छ। हैट्, बेलाँ कमिलाको प्वाँख पलाको!