सामाजिक सञ्जाल

संग्रौलाले ओलीको कडा आलोचना गर्दै भने,‘६ हजारको भीडमा एक राजा,अरू प्रजा: एक देवता,अरू दास’

१६ असोज, बीरगञ्ज । काठमाडौं । बरिष्ठ लेखक खगेन्द्र संग्रौलाले नेकपा एमालेको ललितपुरमा आयोजीत बिधान महाधिवेशनको बिषयमा कडा टिप्पणी गरेका छन् ।
उनले ट्वीट गर्दै, ‘६ हजारको भीडमा एक राजा,अरू प्रजास एक देवता,अरू दास। एक प्रभु ओलीको देवत्वकरणमा ६ हजार भक्तको दासत्वकरण। हैट्,कम्निस्ट नामको यो कलङ्क! ’ भन्दै कडा आलोचना गरेका छन् ।
उनले, ‘बालकोट-गोदावरी बाटाभरि ओलीका फोटैफोटा। लामबध्द भक्तद्वारा ओलीको गोदावरी सवारी चलान। मञ्चमा न मार्क्स न पुष्पलाल।मञ्चमा केवल ओली, बोतलमा ओली।’ भन्दै ओलीको कडा आलोचना गरेका हुन् ।

संग्रौलाको ट्वीटः बालकोट-गोदावरी बाटाभरि ओलीका फोटैफोटा। लामबध्द भक्तद्वारा ओलीको गोदावरी सवारी चलान। मञ्चमा न मार्क्स न पुष्पलाल। मञ्चमा केवल ओली, बोतलमा ओली। ६ हजारको भीडमा एक राजा,अरू प्रजास एक देवता,अरू दास। एक प्रभु ओलीको देवत्वकरणमा ६ हजार भक्तको दासत्वकरण। हैट्, कम्निस्ट नामको यो कलङ्क!