आर्थिक

बैंक अफ काठमाण्डूका कार्ड बाहकहरुलाई स्मार्ट दशैं अफरमा २० प्रतिशत नगदफिर्ता

१४ असोज, काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्ड बाहकहरुले स्मार्टडोकोको स्मार्ट दशैं अफरमा २० प्रतिशत सम्म नगदफिर्ता पाउनेछन् । नेपालीहरुको महान चाड दशैंलाई लक्षित गरी स्मार्ट डोकोले आजबाट संचालनमा ल्याएको स्मार्ट दशैं अफरमा बैंकको कार्डबाहकहरुले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा २० प्रतिशत सम्म नगदफिर्ता पाउन सक्नेछन् । बैंकको कार्डबाहक महानुभावहरुले यस अफरबाट आफुलाई आवश्यक सामान खरिद गरी अनलाइन माध्यम मार्फत प्रीपेमेन्ट गर्दा बैंकको डेबिट कार्ड वा क्रेडिट कार्ड प्रयोग गरेमा २० प्रतिशत वा अधिकतम एकम हजार पाँच सय सम्म नगदफिर्ता पाउनेछन् । स्मार्ट दशैं अफरमा बैंकको कार्डबाहकहरुले कार्डको माध्यमबाट अनलाइन भुक्तानी गरी २० प्रतिशत सम्म नगदफिर्ता सहित विभिन्न किसिमका अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामानहरु खरिद गर्न सक्नुहुनेछ ।
बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ८० एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।