पर्यटन/संस्कृति

हिमालय एअरलाइन्सको वार्षिक सामाजिक उत्तरदायित्वको प्रतिवद्धत्ता पूरा

१४ असोज, काठमाडौं । प्रयास नेपालसँगको सम्बन्धलाई थप सुदृढिकरण गर्दै हिमालय एअरलाइन्स्ले शिक्षातर्फको सहयोगी प्रयासलाई अघि बढाउँदै प्रयास नेपाललाई बर्षभरि आवश्यक पर्ने शैक्षिक सामाग्रीहरु प्रदान गरेको छ । हिमालयले निरन्तर पाँचौ बर्षका लागि ती सामाग्रीहरु प्रदान गरेको हो ।
आजै सम्पन्न सङ्क्षिप्त अन्तरक्र्रियात्मक कार्यक्रमका बीच हिमालयका पदाधिकारीहरुले संस्थालाई आवश्यक पर्ने स्टेशनरी, नोट–बुक्स्, रजिष्टर, कलम र विभिन्न कक्षाका विद्यार्थीहरुका लागि शैक्षिक पाठ्य पुस्तकहरु प्रदान गरेका हुन् । एअरलाइन्स्ले कोभिड–१९ विरुद्ध आवश्यक जनचेतना अभिवृद्धि गर्न र त्यसरोग विरुद्ध सुरक्षा मापदण्ड अपनाउन आवश्यक पर्ने विविध शिक्षामूलक पोष्टरहरु समेत प्रदर्शनार्थ प्रदान गरेको छ ।
प्रयास नेपाल, ३ जना फरक क्षमता भएका विद्यार्थीहरुका साथ २६ जना वाल–वालिकाहरु रहेको एक अनाथालय हो । विगत केहि बर्षदेखि ती विद्यार्थीहरुले शैक्षिक गतिविधिका साथ नृत्य, खेलकुद लगायतका क्षेत्रमा समेत उत्कृष्टता हासिल गर्दै आएका छन् । भ्रमणका क्रममा हिमालयका पदाधिकारीहरुले विद्यार्थीहरुसँग अन्तर्क्रिया गर्दै उनीहरुलाई कोभिड–१९ विरुद्ध लड्ने र बच्ने उपायहरु बारे प्रशिक्षण समेत दिएका थिए ।
बार्षिक प्रतिबद्धत्ताको निरन्तरता कायम रहने व्यहोरा दोहो¥याउँदै हिमालय एअरलाइन्स्का ब्राण्ड तथा सेवा सुधार विभागकी प्रमुख श्रीमती उज्ज्वला दलीले प्रयास नेपालका विद्यार्थीहरुको उज्ज्वल भबिष्य, शिक्षा दीक्षा र प्रयास नेपालसँगको सहकार्यलाई जीवन्त राख्नका निमित्त आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वतर्पm हिमालय सदा दृढ रहने बताए । प्रत्येक विद्यार्थीलाई शिक्षामा पहुँच, समता र सामाजिक सद्भाव कायम राख्दै तिनमा रहेको प्रचुर सम्भाब्यतालाई उजागर गर्दै तिनको सपना र सङ्कल्प साकार पार्नु नै यस्ता कार्यक्रमको प्रमुख उद्धेश्य रहेको समेत श्रीमती दलीले बताए । कोभिड महामारी जोखिमको अवस्थामा सुधार आएसँगै सरकारले विद्यालयहरु पुन: खोल्ने भएकोले विद्यार्थीहरु भौतिकरुपमै विद्यालयमा उपस्थित भई पठन पाठनमा सहभागी हुन उत्साहित छन् ।
नेपालीहरुको माहान् चाड वडा दशैँको पूर्व सन्ध्यामा हिमालय एअरलाइन्स्ले प्रयास नेपालका वाल वालिकाहरुको मुहारमा खुशीयाली ल्याउन उपरोक्त कार्यक्रम गरेको हो ।
प्रयास नेपालका तर्फबाट आभार प्रकट गर्दै प्रयास नेपालकी अध्यक्ष मणी जोशीले हिमालय एअरलाइन्स् आफ्नो संस्थाको पारिवारीक सदस्य झैँ भएको बताउँदै हिमालयले सन् २०१७ देखि पु¥याउँदै आएको निरन्तर सहयोगप्रति आफू सदा अनुगृहित रहेको बताए । हाम्रा विद्यार्थीहरुका शैक्षिक आवश्यकता परिपूर्ति गर्न उनीहरुले पु¥याउनु भएको निरन्तर योगदानले हाम्रा विद्यार्थीहरुलाई सदैव अभिप्रेरित गर्दै आएका छन् ।
“हामी आशा गर्छौ यस किसिमको आत्मियता सदा रहिरहनेछ । हामी हिमालयको निरन्तर सफलता चाहन्छौं र आसन्न वडा दशैंका लागि हिमालय परिवारप्रति हार्दिक शुभकामना ब्यक्त गर्न चाहन्छौं”, जोशीले भने।
प्रयास नेपाल समाजका अशक्त , असहाय वाल–वालिकाहरुलाई शिक्षा, जनचेतनाको जागरण र सीपमूलक तालिमका माध्यमबाट तिनको सशक्तिकरण गर्ने अभिप्रायले सन् २००३ मा स्थापित एक परोपकारी संस्था हो । यस संस्थाले आफ्नो स्थापना कालदेखि नै राष्ट्रका विभिन्न भागका, समाजका अनाथ, असहाय , परित्यक्त र शारिरीकरुपमा असक्त वाल वालिकाहरुका लागि वालगृह समेत सञ्चालन गर्दै आएको छ ।