आर्थिक

सानिमा बैंकको रेमिट्यान्स मुद्दती खातामा १०.५१ प्रतिशत सम्म ब्याज

१३ असोज, काठमाडौं । नेपालीहरुको महान पर्व बडा दशैंको अवसरमा सानिमा बैंकले ग्राहकहरुको लागि विशेष दशैं बम्पर योजना अन्तर्गत रेमिट्यान्स मुद्दती खातामा १०.५१ प्रतिशतसम्म उच्च ब्याजदर मासिक रुपमा प्रदान गर्ने भएको छ ।

आश्विन १ गतेदेखि लागू भएको सो योजनामा विदेशबाट सानिमा एक्सप्रेस वा स्वीफ्ट मार्फत बैंकमा पठाएको रकमलाई रेमिट्यान्स मुद्दती खातामा परिमार्जन गर्दा बैंकले १०.५१ प्रतिशत सम्म उच्च ब्याजदर दिइरहेको छ ।

साथै बैंक खाता खोल्दा पहिलो वर्षका लागि डेबिटरक्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, मेरो शेयर, डिम्याट खाता, अमेरिकी डलर ई–कार्ड निःशुल्क प्रदान गरिनेछ । यसका साथै बचत खातामा ५५ सम्म ब्याजदर प्रदान गरिनुका साथै दुर्घटनामा मृत्यु भएमा वा स्थायी अपाङ्गता भएमा रु १० लाख सम्मको दुर्घटना बीमा, रु ३ लाख बराबरको घातक रोगको बीमा, ५० हजार बराबरको मेडिकल बीमा, वार्षिक रु ५ हजार बराबरको वार्षिक बहिरंग उपचार खर्च र रु ५ हजार बराबरको स्वास्थ्य परीक्षण सेवा ग्राहक महानुभावहरुलाई प्रदान गरिने छ ।

सानिमा बैंकको वेबसाइट जततउकस्ररयलष्लिभबअअयगलत।कबलष्mबदबलप।अयmर३रयिनष्ल मा लगइन गरी अनलाईन खाता पनि खोल्न सकिन्छ ।

सानिमा बंैकको देशका सातै प्रदेशमा १०६ वटा कार्यालय तथा ९७ वटा एटिएम संचालनमा रहेका छन् ।