राजनीति

बिदेशमा पुर्व प्रधानमन्त्रीलाई भ्रष्टाचारमा जेल हाल्दा, नेपालमा उनीहरुको मुद्धा दर्तासमेत हुन्नः धनराज चिन्तित

१३ असोज, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले हाम्रो देशमा पुर्ब प्रधानमन्त्री र मन्त्रीहरु संलग्न भएको भ्रष्टाचारका काण्डहरुको न छानबिन हुन्छ न मुद्धा दर्ता नै भन्दै चिन्ता ब्यक्त गरेका छन् ।
उनले ट्वीट गरेर उदाहरण दिँदै भ्रष्टाचार काण्डमा मुछिएका अल्जेरियाका पुर्ब प्र।म।अहमद ओयुयाहियालाई ६ बर्ष र अर्का पुर्ब प्र।म।अब्डेल्मालेख सेल्लाललाई ५ बर्ष जेल सजायको फैसला भएको रहेछ भन्ने जोडेर उक्त भ्रष्टाचारका बिषयमा चिन्ता ब्यक्त गरेका हुन् ।

उनको ट्वीटः भ्रष्टाचार काण्डमा मुछिएका अल्जेरियाका पुर्ब प्र.म.अहमद ओयुयाहियालाई ६ बर्ष र अर्का पुर्ब प्र.म.अब्डेल्मालेख सेल्लाललाई ५ बर्ष जेल सजायको फैसला भएको रहेछ।
हाम्रो देशमा पुर्ब प्रधानमन्त्री र मन्त्रीहरु संलग्न भएको भ्रष्टाचारका काण्डहरुको न छानबिन हुन्छ न मुद्धा दर्ता नै।
विडम्बना!