आर्थिक

जावाको दसैं तिहार बहारः हरेक लेजेन्डरी बाइकको खरिदमा जावा ज्याकेट/कस्टम हेल्मेट उपहार

१२ असोज, काठमाण्डौ। यस दसैं तथा तिहारको उपलक्ष्यमा जावाले ग्राहकमूखी योजना प्रस्तुत गरेको छ । नेपाली सडकमा आधुनिक एवं आकर्षक मोटरसाइकलका रुपमा परिचित यस बाइकले आफ्ना नयाँ खरिद गर्नुहुने ग्राहकलाई प्रफेसनल राइडिङ्ग ज्याकेट तथा कस्टम जावा हेलल्मेट प्रदान गर्नेछ ।
जावा प्रोफेसनल राइडिङ्ग ज्याकेट वास्तवमै ४ वटै मौसमको लागि उपयुक्त हुनुका साथै सुपर भेन्टिलेटेड आउटर सिल तथा हेभी डुटी कपडाको प्रयोग गरी तयार पारिएको छ । यसको सोल्डर र एल्बोमा प्रयोग भएको आर्मर ऋभ् द्वारा प्रमाणीकरण गरिएको छ । त्यसै गरी यसको कस्टम हेल्मेटले चालकलाई स्टाइलको साथ सुरक्षा समेत प्रदान गरेको छ ।
लेजेन्डरी जावा बाइक दसकौं पहिलादेखि चेक कम्पनी जावा मोटोले निर्माण गर्दै आएको छ । यो १९२९ मा चेकोस्लाभाकियाको प्रागमा स्थापित कम्पनी हो । स्थापना कालदेखि नै यो कम्पनी अग्रणी कम्पनीका रुपमा रहदैं आएको छ ।
नेपालमा जावा बाइक नेपालको स्थापित कम्पनी अग्नि मोटोइन्क प्रा।लिले भित्र्याएको हो । आग्नि माटो इन्क अग्नि ग्रुप अन्तर्गत स्थपित भगिनी संस्था हो । नेपालभरि अग्नि मोटोइन्क प्रा।लि को हाल १३ बटा डिलर नेटवर्क रहेका छन् ।