आर्थिक

वाणिज्य बैंकको Sale (POS) कारोबारमा क्यास ब्याक अफर

१२ असोज, काठमाण्डौ। राष्ट्रिय वाणिज्य बैक लिमिटेडले आउँदो दशै, तिहार, नेपाल सम्वत् एवं छठ लगायतको पर्वलाई मध्यनजर गर्दै विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न एयष्लत या Sale को माध्यमवाट प्रति कारोबार एक हजार वा सो भन्दा बढीको Card Swipe गर्दा क्यास ब्याक हुने अफर ल्याएको छ । यो योजना आगामी २०७८ असोज २१ गते देखि २०७८ कार्तिक २४ गतेसम्म लागू हुने छ ।
देशभर विभिन्न व्यवसायहरुमा रहेको POS को माध्यमबाट राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट रावा बैंककै Card Swipe गरी रकम भुक्तानी गर्दा कारोबारमा क्यास ब्याक हुने छ । यस अन्तर्गत ३ देखी ५ पटकको Card Swipe मा ५ प्रतिनिधि अधिकतम क्यास ब्याक वा पाँच सय, ६ देखी १० पटकको ऋबचम क्धष्उभ मा १०५ अधिकतम क्यास ब्याक वा सात सय पचास, ११ देखी १५ पटकको Card Swipe मा १५ प्रतिशत अधिकतम क्यास ब्याक वा एक हजार मध्ये जुन कम हुन्छ सो वराबरको रकम क्यास ब्याक हुने छ ।
बैंकको हाल सातै प्रदेश ७७ जिल्लामा २४८ वटा शाखा कार्यालय, २१६ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग संचालनमा रहेका छन् ।