सामाजिक सञ्जाल

धनराजको प्रश्नः पशुपतिथानका बिषयमा हिन्दु धर्मसँग सम्बन्धित संस्थाहरु किन चुपचाप ?

१० असोज, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता धनराज गुरुगंले पशुपतिनाथको बिषयमा हिन्दु धर्मसँग सम्बन्धित संस्थाहरु किन चुपचाप ? भनेर प्रश्न गरेका छन् ।
उनले पशुपतिनाथमा चढाएको जलहरीमा ११किलो सुन हराए पछि अख्तियारको छानबिनको दायरामा परेका पशुपति क्षेत्र विकास कोषका तत्कालीन कोषाध्यक्षलाई सरकारले पदोन्नति सदस्य सचिवमा नियुक्ति गर्छ भन्ने कुरा उठाउँदै उक्त प्रश्न गरेका छन् ।
उनको ट्वीटः पशुपतिनाथ हिन्दु धर्मावलम्बीहरुको आस्थाको धरोहर हो।
पशुपतिनाथमा चढाएको जलहरीमा ११किलो सुन हराए पछि अख्तियारको छानबिनको दायरामा परेका पशुपति क्षेत्र विकास कोषका तत्कालीन कोषाध्यक्षलाई सरकारले पदोन्नति सदस्य सचिवमा नियुक्ति गर्छ।
तैपनि हिन्दु धर्मसँग सम्बन्धित संस्थाहरु किन चुपचाप ?