सामाजिक सञ्जाल

बिश्वासको मत लिएपछि अध्यादेश फिर्ता लिएपछि यहि हो अग्रगमन, संविधानको रक्षा भन्दै अध्यक्ष थापा आक्रोशित

१२ असोज, काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले सरकारले दल बिभाजनसम्बन्धी अध्यादेश फिर्ता गरेकोमा रोष प्रकट गरेका छन् ।
अध्यक्ष थापाले ट्वीटमार्फत राजपाका अध्यक्ष डा बाबुराम भट्टराईतर्फसमेत ईंगित गर्दै यहि हो अग्रगमन,संविधानको रक्षा भन्दै कडा प्रश्नसमेत गरेका छन् ।
अध्यक्ष्ँ थापाले ट्वीटमार्फत भनेका छन्, ‘भ्रष्टरनिर्लज्ज राजनीतिको नमुना। परमादेशबाट प्रम नियुक्ति,त्यस्तो प्रमलाई विश्वासको मतदिँदा पद नजाने आदेश, त्यतिले नपुगेर संसद बैठक अन्त्य गरेर भोलिपल्टै दल विभाजन गर्न सजिलो पार्ने अध्यादेश, दुई दल फुटाएर विश्वास मत लिएपछि अध्यादेश फिर्ता।
यहि हो अग्रगमन, संविधानको रक्षा @brb1954 ?’