बाग्मती

युवा उध्यमी सौरभ दुगर प्रबल जनसेवा श्री बाट सम्मनित

११ असोज, काठमाडौँ । के एल दुगड ग्रुप का निर्देशक सौरभ दुगरलाई प्रबल जनसेवा श्री मानपदबी बाट बिभुसित गरिने घोषणा गरिएको छ । संबिधान दिवसको अबसरमा नेपाल सरकार को सिफारिसमा राष्ट्रपती बिद्या देवी भण्डारीबाट युबा उध्यमी तथा समाजसेवी मध्य मै सौरभ दुगरलाई उक्त सम्मानको घोषणा गरिएको हो।
मुलुकमा युवा उध्यमशिलताको बिकास, समग्र औधोगिक ब्यबसायिक क्षेत्रको बिकासमा युबा उध्यमी सौरभ दुगडले महत्वपूर्ण कार्य गर्दै आएका छन्। युवा तथा जागरिला उध्यमी सौरभ दुगर सामाजिक सेवाका क्षेत्रमा पनि त्यत्तिकै सकृय छन्। समाज तथा समग्र औधोगिक क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरुप सौरभ दुगरलाई सो मानपदबी प्रदान गरिने भएको कम्पनीले जनाएको छ।