आर्थिक

बैंक अफ काठमाण्डू का कार्ड बाहकलाई दराजको दशैं योजनामा २० प्रतिशत छुट

११ असोज, काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्ड बाहकहरुले दराजको दशैं धमाका योजनामा २० प्रतिशत सम्म छुट पाउनेछन् । नेपालीहरुको महान चाड दशैंलाई लक्षित गरी दराजले २०७८ साल असोज १० गतेबाट संचालनमा ल्याएको दशैं धमाका योजनामा बैंकको कार्डबाहकहरुले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा २० प्रतिशत सम्मको छुटको सुबिधा उपयोग गर्नसक्नेछन् । बैंकको कार्डबाहकहरुले यस योजनाबाट आफुलाई आवश्यक सामान खरिद गरी अनलाइन माध्यम मार्फत प्रीपेमेन्ट गर्दा बैंकको डेबिट कार्ड प्रयोग गरेमा २० प्रतिशत वा अधिकतम दुई हजार सम्म छुट र क्रेडिट कार्ड प्रयोग गरेमा २० प्रतिशत वा अधिकतम दुई हजार पाँच सय सम्म छुटको पाउनुहुनेछ । दशैं धमाका योजनामा बैंकको कार्डबाहकहरुले कार्डको माध्यमबाट अनलाइन भुक्तानी गरी २० प्रतिशत सम्मको छुटसहित विभिन्न किसिमका अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामानहरु खरिद गर्न सक्नेछन् ।
बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।