अन्तर्राष्ट्रिय

जर्मनीको कन्सर्भेटिभ पार्टी अब विपक्षी बेन्चमा

बर्लिन, असोज ११ । जर्मनीको सामाजिक प्रजातान्त्रिक पार्टीका नेता ओलाफ स्कोल्जले जर्मनीको सीडीयू-सीएसयू गठबन्धन अब विपक्षी बेन्चमा पुग्ने बताएका छन् ।
रूढ़िवादीहरूको विरुद्ध चुनाबी मोर्चामा पार्टीलाई विजय नजिक पुर्याएका नेता स्कोल्जले सीडीयू र सीएसयूले जनमतमात्र गुमाएका छैनन्, सरकारबाट बाहिरनलाई जनताबाट स्पष्ट जनादेश पनि पाएको बताएका छन् ।
वर्तमान सरकारका अर्थमन्त्री समेत रहेका नेता स्कोल्जले उनीहरू अब सरकारमा बस्न मिल्दैन तुरुन्त प्रतिपक्षमा जानुपर्छ भने।