कर्णाली प्रदेश

हुम्लाका छ स्थानीय तहमा अधिवेशन

११ असोज, सिमकोट। नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत हुम्लाका सातमध्ये आइतबारसम्म छ गाउँपालिकामा अधिवेशन सम्पन्न भएको छ ।

सिमकोट, खार्पुनाथ, नाम्खा, चङ्खेली, ताँजाकोट र अदानचुली गाउँपालिकामा सहमतिका आधारमा गाउँपालिका अधिवेशन सम्पन्न भएको छ । सर्केगाडमा अझै सहमति हुन नसकेको बताइएको छ ।

अधिवेशनबाट नाम्खामा सुनमबहादुर लामा, सिमकोटमा धर्मराज रोकाया, खार्पुनाथमा टक्कबहादुर शाही, अदानचुलीमा विष्णुबहादुर भण्डारी, ताँजाकोटमा कृष्णबहादुर मल्ल र चङ्खेली गाउँपालिकामा नर भण्डारीको नेतृत्वमा सहमतिमा नेतृत्व चयन भएको छ ।