आर्थिक

कामना सेवाको “केएस डिजी” डिजिटल वालेट सेवा सञ्चालनमा

८ असोज, काठमाडौं । कामना सेवा विकास बैंकले ग्राहकहरुको हितलाई मध्यनजर गर्दै छिटो कनेक्ट र मनम इन्फोटेकको सहकार्यमा केएस डिजीसेवा डेभलमेन्ट बैंकहरुमा नै पहिलो पटक सञ्चालनमा ल्याएको छ । यस सेवाको प्रयोग गरी बैंकमा खाता नभएकाहरुले पनि घरमै बसी झन्झटरहित तवरले मात्र केहि कागजातहरु Upload गरी “KS Digi” Wallet खोल्न सक्नेछन् ।
हिजो एक कार्यक्रमका बिच बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले उक्त वालेट सेवाको सुभारम्भ गरेका हुन् । यस डिजिटल वालेट खोल्न एपमा  Face Recognition गर्न सक्ने Artificial Intelligence को प्रयोग भएको छ । साथै, Account Opening, Loan Application, Inter Operable QR, mCash लगायतका बैकिङ सेवा तथा सुविधाहरु रहेका छन् ।
काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२९ वटा शाखा, १ वटा ऐक्सटेन्सन काउन्टर तथा ७६ वटा ATM मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । साथै बैकंले आपूmलाई Digital Banking सेवाहरुमा अब्वल बैंकको रुपमा स्थापित गर्ने उदेश्य रहेको छ ।