स्वास्थ्य

कोरोना संक्रमण अपडेटः आज १३ सय २३ जना निको भए, १२ सय ३९ जना थपीए

७ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा १२ सय ३९ जना कोरोना संक्रमितहरु थपीएका छन् । १५ हजार २४३ जनामा कोारेना परीक्षण गर्दा उक्त संक्रमितहरु थपीएको स्वास्थ्य मन्त्रालयले दाबी गरेको छ ।

सकृय संक्रमितहरु २० हजार ७४३ जना रहेका छन् भने १३ सय २४ जना कोरोना संक्रमितहरु निको भएर घर फर्किएका छन् ।

आज कोरोना संक्रमणका कारण १३ जनाको निधन भएको छ । यस संगसंगै देशभर कोरोना संक्रमणका कारण निधन हुनेको संख्या ११ हजार ७२ जना पुगेको छ ।